काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ । अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ ।
एक्स्पोमा टोयोटाको तीन मोडल – यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुइसेर २५० प्रदर्शनमा राखिनेछन् । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’ प्ल्याटिनम कार्ड, साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउनेछन् ।
स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ ।