Logo

होन्डा गाडीको मनसुन सर्भिस क्याम्प चल्दै, असार २१ सम्म जारी रहने

होन्डा गाडीको मनसुन सर्भिस क्याम्प चल्दै, असार २१ सम्म जारी रहने



काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आइतबारबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

laxmi

५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउने कम्पनीले जनाएको छ ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL