Logo

‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना, गाडी खरिद गर्दा पाँच लाख रुपैयाँसम्मको छुट

‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना, गाडी खरिद गर्दा पाँच लाख रुपैयाँसम्मको छुट



काठमाडौं । हुन्डाई अटोमोबाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै नयाँ अफर ल्याएको छ । ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ग्राहकहरू माझ सार्वजनिक गरिएको हो ।

laxmi

यो योजना यही पुस १६ गतेदेखि नेपालभरका सबै शोरुममा सुरु भएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउने भएका छन् । यसका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँसम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इयरको आधारमा पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई आइसीई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL