Logo

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक, यस्ता छन् विशेषता

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा सार्वजनिक गरिएको हो ।

laxmi

त्रिवेणी ग्रुरुपका निर्देशक सुवाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् । मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो ।

यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रिक फ्युल इन्जेक्सन (ईएफआई) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा डुअल डिस्कब्रेक दिएको छ ।

यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि.मि.माइलेज दिने छ । यी मोटरसाइकल कालो, पहेँलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । जसको मूल्य पाँच लाख ५० हजार रुपैयाँदेखि ५ लाख ६५ हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL