Logo

निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ

निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ



काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ । सन् २०२१ देखि अस्तित्वमा रहेको एक्सट्रेल विश्वव्यापीरुपमा ७ मिलियनभन्दा धेरै बिक्री भइसकेको छ ।

laxmi

नेपाली बजारमा यो गाडीको मूल्य १ करोड ८७ लाख रुपैयाँ रहेको बताइएको छ । कम्पनीका अनुसार निसानको एक्सट्रेलले नवीनतम मोबिलिटि सोलुसन प्रस्तुत गर्ने ब्राण्डको प्रतिबद्धतालाई मूर्तरुप दिन्छ ।

साथै, यो गाडीले ग्राहकको आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिकृष्त सुरक्षाको साथ यो श्रेणीमा उच्चस्तरको सुविधा प्रदान गर्ने बताइएको छ । नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले नेपालमा एक्सट्रेल ई–पावर पेट्रोल इञ्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी भएको बताएका छन् ।

उनका अनुसार यो गाडी ठूलो, आरामदायी र बहुउपयोगी एसयूभि चाहने ग्राहकका लागि उत्कृष्ट छनोट समेत हो । यस्तै, वातावरणमैत्री र प्रभावकारी सवारीकारुपमा एक्सट्रेल रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL