Logo

रोयल इनफिल्डको वान राइड कार्यक्रम, काठमाडौंलगायत १३ शहरमा सम्पन्न

रोयल इनफिल्डको वान राइड कार्यक्रम, काठमाडौंलगायत १३ शहरमा सम्पन्न



काठमाडौँ । नेपालमा मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड-२०२३ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए ।

laxmi

कार्यक्रम भदौ ३१ गते लाकुरे पुगेर समापन गरिएको थियो । उक्त सहभागीहरुलाई सडक सुरक्षाबारे जानकारी दिइएको थियो । रहेको थियो । विहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरु भएर राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै नेपालमा काठमाडौं लगायत १३ शहरमा सम्पन्न भएको थियो ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्धेश्य अनुसार लाकुरेमा रहेको श्री बासुकि मा. वि. आधारभुत विद्यालयका सबै विद्यार्थीहरुलाई हुने गारी खेलकुद, म्युजिकल इन्टुमेन्ट र केहL नगद सहयोग वितरण गरिएको कम्पनीले जनाएको छ । खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा लाकुरेका वडा अध्यक्ष, बिद्यालयका प्रधानाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधी, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीसमेत सहभागी थिए ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन Scram 411, Hunter 350 मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL