Logo

पायोनियर मोटो कर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज, ग्राहकहरूले विभिन्न सुविधा पाउने

पायोनियर मोटो कर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज, ग्राहकहरूले विभिन्न सुविधा पाउने



काठमाडौँ । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ूनिसान सुरक्षाू प्याकेज प्रस्तुत गरेको छ । जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर(सेल्स सेवा भएको कम्पनीको भनाइ छ ।

यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर(सेल्सको प्याकेज भएके बताउँदै कम्पनीले भनेको छ( ुजसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ । यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने तरिकालाई पनि अवलम्बन गरेको छ। पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ ।ु

यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँढिएको जनाइएको छ । सिल्भर प्याकेजमा निस्शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्
MBL