Logo

ईयू र जर्मनीबीच सम्झौता, २०३५ देखि जीवाश्म इन्धन कारहरूको बिक्रीमा प्रतिबन्ध

ईयू र जर्मनीबीच सम्झौता, २०३५ देखि जीवाश्म इन्धन कारहरूको बिक्रीमा प्रतिबन्ध



काठमाडौं । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध रुपमा हटाउने विषयमा सम्झौता भएको छ ।

laxmi

सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्यास उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थ व्यवस्था बन्ने ईयूको महत्वाकांक्षी योजनाको लागि महत्वपूर्ण मानिएको छ ।

सम्झौतापछि ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरिएको बताएका छन् ।

जर्मनीले पेट्रोलियम पदार्थ तथा ग्यास इन्जिन भएका गाडीले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्ने जनाएको छ । युरोपेली आयोग र जर्मनीबीच लामो वार्तापछि सम्झौतामा देखिएको गतिरोध अन्त्य भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL