Logo

अल्फा अटोमोटिभ प्रालिले सञ्चालनमा ल्यायो रोयल इनफिल्डको थप दुई नयाँ शोरुम

अल्फा अटोमोटिभ प्रालिले सञ्चालनमा ल्यायो रोयल इनफिल्डको थप दुई नयाँ शोरुम



काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले दुई वटा शोरुमको उदघाटन गरेको छ । कम्पनीको मापदण्ड अनुसार नक्साल र कोटेश्वर बालकुमारी पुलनजिक अत्याधुनिक दुई वटा शोरुम निर्माण गरि आइतबार त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईबाट विशेष कार्यक्रमका बिच समुदघाटन गरि संचालनमा ल्याएको हो ।

laxmi

रोयल इनफिल्ड मोटरसाइकल शोरूम वाइकर्स होमको अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक, राइडिंग गियर जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पादर्स बिक्रि तथा बिक्रि पछाडिका सेवाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड विचको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ ।

अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरूम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाड़ी, सुर्खेत र भक्तपुरमा संचालनमा आउनेछन् ।

असाढ महिना भित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाइ नेपालगज र त्रिपुरेश्वर) शोरुमबाट बाइक विक्रि, गियर एवं जेनविन एसेसरिज स्पेयर संचालनमा ल्याएर कुल १८ वटा पाटर्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ । अल्फा अटोमोटिभ प्रालि शिवणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतका कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग व्यवसाय बैंकिङ, बीमा एवं सर्विस सेक्टरमा कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL