Logo

विश्वव्यापी विद्युतीय सवारीको बिक्री एक करोड नाघ्यो, बिवाइडी सबैभन्दा अगाडि

विश्वव्यापी विद्युतीय सवारीको बिक्री एक करोड नाघ्यो, बिवाइडी सबैभन्दा अगाडि



काठमाडौं । सन २०२२ मा विश्वव्यापी विद्युतीय सवारीको बिक्री १० मिलियन नाघेको छ । काउन्टरपोइन्टको पछिल्लो रिपोर्टअनुसार सन् २०२२ को चौथो त्रैमासिकमा बिक्री ५३% ले बढेर २०२२ मा ग्लोबल इलेक्ट्रिक भेहिकल (इभी) को बिक्री १ करोड नाघेको (१०.२ मिलियन) हो ।

laxmi

पछिल्लो त्रैमासिक अवधिमा ब्याट्री इभीज (बिइभी) ले सबै इभी बिक्रीको लगभग ७२% ओगटेको थियो, जबकि प्लग–इन हाइब्रिड इभी ( ले बाँकी हिस्सा लिएको थियो । यस्तै विश्वव्यापी शीर्ष तीन इभी बजारहरूमा चीन, जर्मनी र अमेरिका रहेका छन् ।

सोही त्रैमासिकमा, बिवाइडीले १९.८% सेयरको साथ अटोमोटिभ समूहहरूको बिक्रीको नेतृत्व ग¥यो, जुन टेस्लाको १२.१०% भन्दा ठूलो हिस्सा हो । यस्तै फक्सवागन, गीली र अन्य शीर्ष १० इभी अटोमोटिभ समूहहरू (जसमा ३९ भन्दा बढी यात्रु कार ब्रान्डहरू छन्) ले २०२२ को चौथो त्रैमासमा सबै इभी बिक्रीहरूमा लगभग ७२ % योगदान पु¥याएका छन् ।

शीर्ष १० इभी मोडेलहरूले २०२२ को चौथो त्रैमासमा कुल यात्रु इभी बिक्रीको एक तिहाइ हिस्सा ओगटेका थिए । टेस्लाको मोडेल ‘वाई’ विश्वव्यापी रूपमा शीर्ष १० इभी मोडेलहरूमध्ये सबैभन्दा बढी बिक्रि भएको थियो, त्यसपछि बिवाइडीको ‘सङ’ रहेको छ ।

यद्यपि, चौथो त्रैमासमा मा शीर्ष १० सबैभन्दा धेरै बिक्री हुने इभी मोडेलहरू मध्ये ७ चिनियाँ समूह बिवाइडी विलिङबाट थिए । जसले चीनको इभी बजारको सकारात्मक विकासलाई देखाउँछ ।

यो वर्षको आउटलुकअनुसार इभी बिक्रीहरू लगभग १७ मिलियन पुग्ने अपेक्षा गरिएको छ । २०२३ मा लगभग ७० बृद्धि हुँदै इभी मुख्य साधन बन्ने देखिएको छ । यस्तै यो वर्ष दोस्रो अर्धवार्षिकमा लिथियमको मूल्य पनि कम हुने अपेक्षा गरिएको छ जसले इभी बिक्रीलाई थप फाइदा पुर्याउनेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL