Logo

सिप्रदीको इभी लर्निङ सेन्टरमा इभी लर्निङ सेन्टर र ब्याट्री मर्मत केन्द्रबारे टाटाको ब्रिफिङ

सिप्रदीको इभी लर्निङ सेन्टरमा इभी लर्निङ सेन्टर र ब्याट्री मर्मत केन्द्रबारे टाटाको ब्रिफिङ



काठमाडौँ । टाटाको मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हालसालै आफ्नो इभी लर्निङ्ग सेन्टर र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रमसम्पन्न गरेको छ ।

laxmi

यस कार्यक्रममा संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको इभी लर्निङ सेन्टर अवस्थित छ, जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै “मोडुल“ र “सेल“ परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन्छ ।

यसबारे पनि विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ ।

त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको “सर्भिस सेन्टर“को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा विशेषतः इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL