Logo

GBIME

बुटवल-भैरहवामा नेक्सन इभी रेन्ज टेस्ट २०२३ अभियान सम्पन्न, ग्राहकहरूको उत्साहजनक सहभागिता

बुटवल-भैरहवामा नेक्सन इभी रेन्ज टेस्ट २०२३ अभियान सम्पन्न, ग्राहकहरूको उत्साहजनक सहभागिता



काठमाडौं । विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो हुन सफल भए । त्यसै गरी ३७८ किमी रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमी रेन्ज भन्दा बढी निकालेका थिए ।

प्रथम स्थान प्राप्त गर्न सफल खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलईडी टिभी जितेका छन् । त्यसै गरी दोस्रो स्थानमा रहेका शर्माले सामसङ ओभन हात पारे भने तेस्रो स्थानमा रहने भट्टराईले एयर फ्रायर जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL