Logo

होण्डाको ‘तिहार एक्सचेन्ज महोत्सव’ सार्वजनिक, प्रत्येक एक्सचेन्जमा थप रु सात हजार छुट

होण्डाको ‘तिहार एक्सचेन्ज महोत्सव’ सार्वजनिक, प्रत्येक एक्सचेन्जमा थप रु सात हजार छुट



काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु सात हजार वा दशैंरतिहार योजना रोज्न सक्नेछन् । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु ५० हजार पाउनेछन् ।

योजना कार्तिक १ देखि ६ गतेसम्मका लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL