Logo

सुर्खेतमा पनि महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो’ सार्वजनिक

सुर्खेतमा पनि महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो’ सार्वजनिक



सुर्खेत । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले मंगलबार एक समारोहका बीच सुर्खेतमा इलेक्ट्रिक अटो ट्रियो सार्वजनिक गरेको छ ।

लिथियम–आइओन व्याट्रियुक्त इलेक्ट्रिक थ्री–ह्विलले चितवन, हेटौँडा, धनगढी, जनकपुरधाम आदि सहरमा ग्राहक एवं सर्वसाधरणको मन जितेपछि सुर्खेतमा पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष केदार बस्याल, वीरेन्द्र नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, वीरेन्द्र नगरपालिकाका वडा अध्यक्ष दिलबहादुर रखाल, अग्नि इनर्जीका प्रतिनिधि सिरज भुजेल लगायतको उपस्थिति थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोबाट ग्राहकले पेट्रोलबाट चल्ने अटोको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीको दाबी छ ।

महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको कम्पनीले जनाएको छ ।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL