Logo

टीभीएस ‘अपाचे वनर ग्रुप राइड’ सम्पन्न, ३५ जना राइडर सहभागी

टीभीएस ‘अपाचे वनर ग्रुप राइड’ सम्पन्न, ३५ जना राइडर सहभागी



काठमाडौं । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे वनर ग्रुप (एओजी) गठन गरेको छ । कम्पनीले आफ्नो ब्राण्डका पारखिहरुको रोमाञ्चकताका लागि यस समूह बनाएको हो ।

laxmi

सोही समूहमार्फत कम्पनीले साउन १४ गते ९शनिवार० प्रदेश नम्बर १ को विराटनगरमा अपाचे वनर ग्रुप राइड सम्पन्न गरेको छ । विराटनगर महेन्द्र चोकबाट सुरु भएको उक्त राइड नेता चोक(विराट चोकदेखि इटहरी–इनरूवाहुँदै कोशी टप्पुस्थित अकवा बर्ड ईको रिसोर्टसम्म पुगेर सम्पन्न भएको कम्पनीले बताएको छ । उक्त राइडमा ३५ जना टीभीएस अपाचे वनरहरुले उत्साहपूर्ण सहभागीता जनाएको कम्पनीले जनाएको छ ।

राइडमा विभिन्न पेशाकर्मी टीभीएस प्रयोगकर्ताहरुले सहभागीताका लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जना चयन गरिएको कम्पनीले जनाएको छ । टीभीएसले आफ्नो ग्राहकहरुको लागि विभिन्न कार्यक्रम तथा एड्भेन्चर राइड सञ्चालन गरिरहेको छ । यसै कार्यक्रमको निरन्तरता विराटनगरसँगै अरु ठाउँहरुमा समेत टीभीएस अपाचे वनर ग्रुप राइड सञ्चालनको तयारी गरिसकिएको जानकारी दिएको छ ।

जगदम्बा मोटर्स प्रा।लि। नेपालमा टीभीएस दुईपाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३८ डिलर र २०० सेवा तथा स्पेयर पार्ट्स स्टेशनहरूकासाथ बलियो उपस्थिति जनाएको कम्पनीले बजारमा आफ्नो बलियो पकड कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL