Logo

स्कोडा कुशाकको नेपालमा बिक्रीको एक वर्ष पुरा, बिक्री साढे पाँच गुणा बढेको दाबी

स्कोडा कुशाकको नेपालमा बिक्रीको एक वर्ष पुरा, बिक्री साढे पाँच गुणा बढेको दाबी



काठमाडौं । स्कोडा कुशाकले नेपालमा बिक्रीको एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो ।

laxmi

स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत रहेको कम्पनीको भनाइ छ । स्कोडाको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिन उत्कृष्ट मानिन्छ ।

कम्पनीले भनेको छ, ‘कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ ।’

नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड परिचित गराउन सफल भएको स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL