Logo

लुम्बिनी विकास बैंक र एमएडब्लुबीच सम्झौता, सवारी खरिद गर्ने ग्राहकहरुलाई बैंकले लगानी गर्ने

लुम्बिनी विकास बैंक र एमएडब्लुबीच सम्झौता, सवारी खरिद गर्ने ग्राहकहरुलाई बैंकले लगानी गर्ने



काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ ।

laxmi

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुबिधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन । लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ुनिरन्तर सहयात्राु भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL