Logo

स्याकार ट्रेडिङ ओईएमको आधिकारिक वितरक नियुक्त, टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिज वितरण गर्ने

स्याकार ट्रेडिङ ओईएमको आधिकारिक वितरक नियुक्त, टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिज वितरण गर्ने



काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्टस् र होन्डा मोटरर्सको निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ति गरिएको छ ।

laxmi

टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टूडब्लू ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । सो अवसरमा टाटा ग्रीन ब्याट्रिजका सीईओ रवि गुप्ताले नेपालमा एक प्रचलित नाम स्याकार ट्रेडिङ कम्पनीसँग संलग्न भई आफ्नो सफलताको गाथा नेपालमा पनि दोहोर्याउन चाहेको बताए ।

स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले पनि टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु आफ्नो कम्पनीको इतिहासमा एउटा नयाँ चरण प्रवेश गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL