Logo

जिपको प्रिमियम सोरुम अब पोखरामा, ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने

जिपको प्रिमियम सोरुम अब पोखरामा, ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने



काठमाडौं ।  एमएडब्लु लाइफले पोखरामा नयाँ सो रुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय भएको बताए ।

त्यसैगरी, नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गरेका छन् । एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सो रुमको अपेक्षा गरिरहेको र उहाँहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए ।

त्यस्तै, प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले पनि ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू उत्साहित भएको बताए । जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लैजाने नीति लिएको छ । जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र कस्टमर बेसलाई कभर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL