Logo

दाङ्गमा हुन्डाईको नयाँ शो–रुम

दाङ्गमा हुन्डाईको नयाँ शो–रुम



२५ भदौ । दाङ्गमा हुन्डाई मोटर कम्पनीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुविधा सम्पन्न शोरुम खुलेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टको दाङ्गका लागि नयाँ आधिकारिक बिक्रेता न्यु राइडर अटो वल्र्डले सञ्चालनमा ल्याएको उक्त शो रुप बुधबार लक्ष्मी इन्टरकन्टीनेन्टलका सहायक महाप्रवन्धक रुपेस शर्मा भट्ट र दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेद्घारा संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले विश्वव्यापी हुन्डाई मोटर्स स्तरकोे आधारमा, १२०० वर्ग फिटमा यो सोरुम निर्माण गरेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ग्राहकवर्गलाई ध्यानमा राखी बनाइएको यस सोरुममा दक्ष सेल्स कर्मचारीहरु एवं परामर्श कक्षहरुको साथै गा्राहकका लागि सुविधायुक्त प्रतिक्षालयको पनि उपलब्ध छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टलको नेपाल अधिराज्यको विभिन्न मुख्य शहरहरुमा १२ वटा आधिकारिक डिलरहरु रहेका छन् । ती मध्य काठमाडौंमा २ वटा र अन्य शहरहरु पोखरा, नारायणघाट, बुटवल, विरगञ्ज, विराटनगर, दमक, विर्तामोड, बनेपा, धनगढी र नेपालगञ्जमा एक एक वटा छन् । यस कम्पनीले विक्री तथा विक्री पश्चातका सेवा नेपाल अधिराज्यभरका सबै डिलरहरुमा उपलब्ध गराउने लक्ष्य बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL