Logo

स्मार्टफोन उत्पादक शाओमीले विद्युतीय सवारी उत्पादन गर्दै : वार्षिक ३ लाख कार उत्पादन, १० अर्ब डलर लगानी

स्मार्टफोन उत्पादक शाओमीले विद्युतीय सवारी उत्पादन गर्दै : वार्षिक ३ लाख कार उत्पादन, १० अर्ब डलर लगानी



काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विद्युतीय सवारी साधन उत्पादन गर्ने भएको छ । कम्पनीले विद्युतीय सवारी साधनका लागि बेइजिङमा वार्षिक ३ लाख सवारी साधन उत्पादन गर्न सक्ने प्लान्ट निर्माण गर्ने बेइजिङका अधिकारीहरूले बताएका छन् ।

यो प्लान्ट दुई चरणमा निर्माण गरिनेछ । ‘शाओमीले बेइजिङ आर्थिक र प्राविधिक विकास क्षेत्रमा आफ्नो अटो युनिटको मुख्यालय, बिक्री र अनुसन्धान कार्यालयहरू पनि निर्माण गर्नेछ,’ सरकार समर्थित आर्थिक विकास एजेन्सी बेइजिङ ई–टाउनले आफ्नो आधिकारिक विच्याट खातामा भनेको छ ।

बेइजिङ ई–टाउनले सन् २०२४ मा प्लान्टले ठूलो उत्पादन लक्ष्यमा पुग्ने अनुमान गरेको छ, जुन लक्ष्य शाओमीका प्रमुख कार्यकारी लेई जुनले अक्टोबरमा घोषणा गरेका थिए।

मार्चमा, शाओमीले १० वर्षमा नयाँ इलेक्ट्रिक कार डिभिजनमा १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। कम्पनीले अगस्टको अन्त्यमा आफ्नो ईभी युनिटको व्यवसाय दर्ता पूरा गरेको थियो।

कम्पनीले आफ्नो स्मार्टफोन व्यवसायको लागि घरेलु बिक्री बृद्धि गर्न हजारौं पसलहरू खोल्दै आएको छ तर अन्ततः यी पसलहरूलाई विद्युतीय सवारीसाधन बिक्री गर्ने योजनाको लागि एउटा च्यानलको रूपमा प्रयोग गर्ने योजना बनाएको छ। रोयटर्स

प्रतिक्रिया दिनुहोस्
MBL