Logo

एचआर मीट २०१७ मा २५० कम्पनी सहभागी, क–कसले दिँदै छन् प्रस्तुती ?

एचआर मीट २०१७ मा २५० कम्पनी सहभागी, क–कसले दिँदै छन् प्रस्तुती ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यस वर्षको एचआर मीटमा २ सय ५० वटा कम्पनीले सहभागिता जानउने भएका छन् । आयोजक ग्रोथ सेलरले वार्षिक रुपमा गर्दै आएको सो कार्यक्रममा निजी क्षेत्र, सरकारी, अर्ध सरकारी ,गैर सरकारी सं३ संस्था लगायत सय ५० जनाले सहभागिता जानउने भएका हुन् ।

सोमध्ये हालसम्म ५० प्रतिशत सहभागितले प्रतिवद्धता जनाइसकेको र अरुको पनि आउने क्रम जारी रहेको एचआार मीट संयोजन समितिका अध्यक्ष मोहन ओझाले जानकारी दिए । ग्रोथ सेलरले हरेक वर्ष गर्दै आएको सो कार्यक्रम यही चैत १६ र १७ गते हुने भएको छ ।

‘एचआर फर अल, अल फर एचआर’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा मुख्य बक्ताको रुपमा प्राडा टिभि राव, प्राडा एाएसएफ राज रहनेछन् ।

दुई दिने सो कार्यक्रममा यस वर्ष स्वदेशी तथा विदेशी विज्ञहरुले मानव संसाधन सम्बन्धी प्रस्तुती पेश गर्नेछन् । साथै नेपालमा कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञ बीचको सम्वन्धलगायतका विषयमा छलफल हुनेछ । अहिलेको अवस्थामा पनि कर्पोरेट हाउसले मानवसंधनको क्षेत्रमा गरिने खर्चलाई लगानीको रुपमा नलिनु दुखको विषय भएको बताए ।
कार्यक्रमलाई निम्बल इन्फोसिसले टाइटल स्पोन्सर गरेको छ भने डिएभी कलेज अफ म्यानेजमन्ट एशोसिएट्स पार्टनरको रुपमा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL