Logo

बडवाइजर बियर अब नेपालमा, राज ब्रुअरीसँग विशेष साझेदारी नेपाल भित्रियो

बडवाइजर बियर अब नेपालमा, राज ब्रुअरीसँग विशेष साझेदारी नेपाल भित्रियो



काठमाडौँ । अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ) संसारको अग्रपंक्तिको बेभरेज कम्पनी, दक्षिण एशियामा आफ्नो उपस्थिति सुदृढ गर्दै नेपालमा आफ्नो ग्लोबल ब्राण्ड बड्वाइजरको बिक्री शुरूवात गर्ने घोषणा गरेको छ ।

laxmi

संसारका १५०  भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वादको अब नेपाली उपभोक्ताहरूले समेत मज्जा लिन पाउने छन् । बड्वाइजरको लन्चसंगै एबि इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।

एबि इन्बेभले जावालाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीसँग एक विशेष साझेदारी मार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाईसकेको छ ।

बड्वाइजरको नेपालमा सुरुवातको क्रममा, कार्तिकेय शर्मा, एबि इन्बेभ– भारत र दक्षिण पूर्व एशियाका अध्यक्षले भने, ‘हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं । बढ्दो युवा जनसङ्ख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ । नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीसंगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछ ।’

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो । आजपनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्ग प्रकृयाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ । बड्वाइजर प्राकृतिक कार्बोनेसन, बीचवुड एजिङ्ग र लामो समयसम्म ब्रुर (प्रशोधन) गरि तयार गरिएको हुन्छ जसले अतुलनिय सन्तुलन र स्वाद बनाइ राख्दछ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘राज ब्रुअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरि विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो । यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक ब्रुअरी रहेर पनि हो ।’

यसै धारणामा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले भने, ‘हामी विश्वको  सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्राएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ । जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ ।’

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायम गर्दै युवा ग्राहकहरुको नवीनतम तथा गुणस्तरिय पेय पदार्थहरु प्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक बु्रअरीबाट उत्पादन गर्दै आएको छ । यस ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आइरहेको छ, जसले नेपाली बियर अनुयायी माझ राम्रै सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL