Logo

सिजी होल्डिङ्सले किन्यो आइसबर्ग बियरको अधिकांश स्वामित्व, नयाँ लेबलसहित बजारमा

सिजी होल्डिङ्सले किन्यो आइसबर्ग बियरको अधिकांश स्वामित्व, नयाँ लेबलसहित बजारमा



काठमाडौं । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

laxmi

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर भएको कम्पनीले जानकारी दिएको छ ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको ७ प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो यसको ६ सय ५० एमएलको बोतलको मूल्य २ सय ८५ रुपैयाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL