Logo

आईएमएस ग्रुपको लगानीपछि चम्कियो स्मार्टडोको, उच्च मूल्याङ्कन सहित ई–कमर्सको मान्यता

आईएमएस ग्रुपको लगानीपछि चम्कियो स्मार्टडोको, उच्च मूल्याङ्कन सहित ई–कमर्सको मान्यता



काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले ४ दशमलव ५ अंकसहितको उच्च मूल्यांकन प्राप्त गरेको छ । भर्खरै आईएमएस ग्रुपको लगानी पछि कम्पनीले ४.५ अंक रेटिङ पाएको हो । स्मार्टडोको एक अनलाइन सपिङ गन्तव्य हो जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ ।

laxmi

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १० हजारभन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि रिंगरोड भित्र निः शुल्क होम डेलिभरी, हरेक खरीदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरूलगायत सेवा प्रदान गर्दै आएको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिकेश मल्होत्राले छोटो समयमै धेरै माया दिने ग्राहकहरुलाई धन्यवाद दिएका छन् । ‘छोटा समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ उनले भने, ‘ स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गर्याैं । अन्तमा, हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ ई–कमर्स् एप् हुन सफल भयौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL