Logo

म्युचुअल फण्डले आरक्षणको सेयरमा खेल्दा निफ्राका लगानीकर्ता मारमा, आरक्षणले बजारको स्थायित्व खतरामा

म्युचुअल फण्डले आरक्षणको सेयरमा खेल्दा निफ्राका लगानीकर्ता मारमा, आरक्षणले बजारको स्थायित्व खतरामा



काठमाडौं । दोस्रो बजारमा सुचिकृत भएसँगै दैनिक जसो १० प्रतिशतले मूल्य बढिरहेको नेपाल पूर्वाधार बैंक (निफ्रा)को सेयर मूल्यमा आज (मंगलबार) नेगेटिभ सर्किट हानेको छ । मंगलबार पनि बजार खुलेसँगै १० प्रतिशतले बढेको निफ्राको सेयर त्यसको केही समय लगत्तै नेगेटिभ सर्किट हान्न पुगेको थियो ।

laxmi

मंगलबार बजारमा निफ्राको सेयर मूल्यमा स्वभाविक करेक्सन भन्दा पनि म्युचुअल फण्डले खेल्दा अस्वभाविक गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘म्युचुअल फण्डले बजार खुलेसँगै निफ्राको सेयर मूल्य १० प्रतिशत बढेसँगै ठूलो कित्ता सेयर बिक्रीका लागि ल्याए जसका कारण उच्च गिरावट आयो,’ एक लगानीकर्ताले भने, ‘म्युचुअल फण्डलाई बजारमा स्थायित्व ल्याउनका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्दा आरक्षण दिइएको हो तर उद्देश्य विपरित बढेको बजारमा क्षणिक रुपमा नाफा आर्जन गर्नका लागि आरक्षणमा पाएको सेयर बिक्री गर्दा त्यसले बजारमा असर गरेको देखियो ।’

उदाहरणका लागि कुनै जलविद्युत आयोजनाले स्थानीयका लागि आरक्षणमा सेयर छुट्याउँदा ३ बर्षको लकिङ पिरियड राखिएको हुन्छ । जसले गर्दा स्थानीयले ३ बर्षसम्म सेयर बिक्री गर्न पाउँदैनन् । तर त्यसैगरी आरक्षणमा दिईएको सेयरमा भने म्युचुअल फण्डले दोस्रो बजारमा सुचिकृत भएसँगै बिक्री गर्न पाउँछन् ।

कुनै पनि व्यक्ति वा संस्थालाई आरक्षणमा दिईएको सेयर सिमित अबधिसम्म बेच्न नपाउनुपर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘स्थानीयनको नाममा जलविद्युत आयोजनाले जारी सेयर त्यस्ता लगानीकर्ताले ३ बर्षसम्म बिक्री पाउँदैनन् भने सोही कोटाभित्र रहेर आरक्षणका नाममा म्यचुअल फण्डले पाएको सेयर कसरी तुरुन्तै बिक्री गर्न पाउछन् ?’ नियामक निकायले म्युचुअल फण्डलाई वेलगाम छाडिदिँदा बजारमा थप अन्योलता सिर्जना भएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

साथै अबका दिनमा आरक्षणको नाममा दिईने आईपीओ समेत खोरज गर्नुपर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘सामान्यतया बजारलाई अस्थिरताफर्त जानबाट जोगाउँछन् भनेर त्यसलाई व्यवस्थापन गर्न आरक्षणको नाममा ठूलो संख्यामा सेयर दिईने हो,’ ती लगानीर्ताले भने, ‘म्युचुअल फण्डले आरक्षणको नाममा पाएकै सेयरले बजारमा थप अस्थिरता ल्याउँछन् भने उनीहरुलाई किन त्यसरी सेयर दिने ?’

मंगलबार बजारमा निफ्राको सेयरमा एकैदिन २० प्रतिशतको उतारचढाव ल्याउनमा म्युचुअल फण्डको मुख्य भुमिका रहेसँगै लगानीकर्ताहरु आक्रोसित भएका हुन् । सुरुवाती समयमा निफ्राको सेयर मूल्य १० प्रतिशतले बढेसँगै म्युचुअल फण्डले नाफा बुक गर्ने नाममा आफुसँग भएको ठूलो कित्ता सेयर बिक्रीमा ल्याउँदा नेगेटिभ सर्किट हान्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL