Logo

उपभोक्ता माथि भार थुपार्दैै निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूचि

उपभोक्ता माथि भार थुपार्दैै निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूचि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा मूल्य नघटाएको निगमले स्वचालित मूल्यको नाममा पछिल्लो समय पाछिक रुपमा मूल्य वृद्धि गर्दै आएको छ ।

laxmi

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । जस अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ रुपैयाँले वृद्धि गर्दै पेट्रोलको ११४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७ र हवाई ईन्धनको आन्तरिक तर्फको नयाँ खुद्रा मूल्य प्रतिलिटर ६७ रुपैयाँ पुर्याएको छ ।

निगमले व्यवस्थापनमा ध्यान दिएर मूल्यमा न्यूनिकरण भन्दा पनि भारतबाट पेट्रोलियम पदार्थ आयात गरेर बिक्री मात्रै गर्दा पछिल्लो समय घाटा बढ्दै गएको देखिएको छ । निगमका अनुसार फेब्रुअरी १ २०२१ को तुलनामा मूल्य वृद्धि भएको र सो अनुसार मूल्य समायोजन नगर्दा निगमलाई अर्धमासिक रुपमा करिब १ अर्ब ७ करोड रुपैयाँ घाटा हुने बताएको छ ।

तर मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रति लिटर ४ रुपैयाँ १३ पैसा तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटामा रहेको जानकारी दिएको छ । सो अनुसार निगमलाई अर्धमासिक रूपमा करिब ८६ करोड ७८ लाख रुपैयाँ घाटा नै रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL