Logo

गोल्यान ग्रूपको माटो ब्राण्डको पहिलो फ्रेन्चाईजी बानेश्वरमा, अर्गानीक बस्तुहरू सुपथ मुल्यमा उपलब्ध

गोल्यान ग्रूपको माटो ब्राण्डको पहिलो फ्रेन्चाईजी बानेश्वरमा, अर्गानीक बस्तुहरू सुपथ मुल्यमा उपलब्ध



काठमाडौं । गोल्यान ग्रुपको माटो ब्राण्डको पहिलो फ्रेन्चाईजी संचालनमा आएको छ । काठमाडौंको नयाँ बानेश्वरमा माटो ब्राण्डको पहिलो फ्रेन्चाईजी संचालनमा आएको हो । मंगलबार एक कार्यक्रमका बीच फ्रेन्चाईजीका संचालक आशिस यादव र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले उक्त फ्रेन्चाईजीको उद्घाटन गरेका हुन् ।

laxmi

उक्त माटो ब्राण्डको फ्रेन्चाईजीमा नेपालमा उत्पादित विभिन्न कृषिसम्बन्धी अर्गानीक खानेकुरा उपलब्ध हुने संचालक यादवले जानकारी दिए । उनका अनुसार गोल्यान ग्रुपले झापामा संचालनमा ल्याएको फार्मबाट भने फ्रेन्चाईजीमा स्ट्रबेरी तथा विभिन्न तरकारीहरु आपुर्ति हुनेछ ।

उक्त फ्रेन्चाईजीमा पाईने सबै अग्र्यानिक बस्तुहरु बजारमूल्यमै उपलब्ध हुने संचालक यादव बताउँछन् । ‘बजारमा अग्र्यानिक भन्ने वित्तिकै बजारमूल्यभन्दा बढी पर्ने भन्ने बुझिन्छ,’ उनले भने, ‘तर हामीले सबै अग्र्यानिक वस्तुहरु बजारमूल्यमै अर्थात कम मूल्यमै विक्रीवितरण गरिरहेका छौं ।’

माटो ब्राण्डले हाल काठमाडौंको नारायणथान, गोल्फुटार नयाँ बानेश्वर तथा ललितपुरको कुपण्डोल र सानेपामा स्टोर संचालनमा ल्याएको छ । यस्तै ब्राण्डले आगामी दिनमा झम्सीखेल, नक्साल, लाजिम्पाट र चण्डोलमा नयाँ स्टोर संचालनमा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL