Logo

टाटा मोटर्सको ग्लोबल ब्राण्ड एम्बेसेडरमा मेसी, भेहिकल प्रचारमा २ बर्षको सम्झौता

टाटा मोटर्सको ग्लोबल ब्राण्ड एम्बेसेडरमा मेसी, भेहिकल प्रचारमा २ बर्षको सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले अर्जेण्टिनाका प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । स्पेनिस ला लिगा अन्तर्गतको बार्सिलोनाका स्ट्राइकर मेसीले टाटा मोटर्स अन्तर्गतको प्यसेन्जर्स भेहिकलको प्रचार प्रसारमा कम्पनीलाई सघाउने छन् । खासगरी युवा पुस्तालाई आफ्ना सवारीतर्फ आकर्षण गराउने उद्देश्यसहित मेसीलाई अनुबन्धन गरिएको कम्पनीले जनाएको छ ।

टाटाका अनुसार मङ्गलबारदेखि नै मेसीले कम्पनीको प्रचारमा सहयोग पु¥याउनेछन् । कम्पनीले तत्कालका लागि उनीसँग दुई बर्षको सम्झौता गरेको बताएको छ । यो सम्झौताले पुनः निरन्तरता पाउने बताइएको छ । मेसीलाई १५ करोड भारूमा सम्झौता गरिएको अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको बारेमा केहि खुलाएको छैन ।

विश्वमै चर्चित अनुहारको खोजीका क्रममा मेसीलाई उपयुक्त व्यक्तिका रूपमा भेटेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL