Logo

सवारी लाइसेन्सको अनलाइन आवेदन : सेवाग्राही झुक्याउँदै यातायात विभाग, विचौलियाले तोक्छन फारम भरेको मूल्य

सवारी लाइसेन्सको अनलाइन आवेदन : सेवाग्राही झुक्याउँदै यातायात विभाग, विचौलियाले तोक्छन फारम भरेको मूल्य



काठमाडौं । आइतबार दिनभर सवारीचालक अनुमति पत्र (लाईसेन्स)को अनलाइन आवेदन भर्ने प्लेटफर्म चलेन । यातायात व्यवस्था विभागको उक्त प्लेटफर्म आइतबार मात्रै नभई अन्य दिन पनि कहिले चल्ने कहिले नचल्ने प्रक्रिया निरन्तर छ । यस्तो गुनासो विभागमा हरेक दिनजसो आइरहेको छ । सेवाग्राहीले विभागको आधिकारिक फेसबुक पेजमार्फत होस या विभागमा फोनै गरेर होस गुनासो पोख्न छोडेका छैनन् । तर, विभागले पछिल्लो समय दैनिकजसो सर्वसाधारणलाई कुनै न कुनै तरिकाले झुक्क्याइरहेको छ । करिव ९ महिनापछि खुलेको सवारीचालक अनुमतिपत्रको अनलाईन आवेदन फारम भर्न दैनिकजसो सेवाग्राहीले दुःख भोग्नुपरेको छ ।

laxmi

कहिले सर्भर डाउन त कहिले यातायात व्यवस्था विभागको साइट नै नखुलेका कारण सेवाग्राही मर्कामा पर्ने गरेका छन् । विभिन्न कारणले सर्भरमा समस्या आउँदा सेवाग्राही मर्कामा पर्नुपरेको स्वीकार्छन विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल । ‘हाम्रो सर्भरमा समस्या आउँदा सेवाग्राहीले दुःख भोग्नुपरेको छ,’ उनले भने, ‘यसको लागि विभाग पनि माफी माग्न चाहन्छ ।’

विभागले करिव ९ महिनापछि यो सेवा सूचारु गरेपछि र फारम भर्ने अन्य विकल्प नभएपछि सेवाग्राहीहरु अनलाइनमार्फत फारम भर्न बाध्य भएका छन् । तर, विभागले आफ्नो वेबसाइट पूर्ण रुपमा मर्मत नगर्दा दैनिकजसो हजारौं सेवाग्राहीहरु लाइसेन्सको आवेदन दिनबाट बञ्चित हुने गरेका छन् ।

यस्तै सर्भरले काम नगरेपछि धेरै पटकको प्रयासपश्चात भरेको फारम पनि कोटा पूर्ण भएको भन्दै सबमिट नै नहुने समस्या पनि छ । करिव २ हप्ताअघि बिजखबरले फलोअपमा समाचार प्रकाशन पछि केहिदिनमा सुधार हुने बताएको विभागले अझै सर्भरको समस्या हटाउन सकेको छैन । विभागले हाल देशभरबाट ५ हजार जनाले मात्रै आवेदन भर्न पाउनेगरी हप्ताको ४ दिन प्रतिदिन बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै अनलाइन आवेदन भर्न पाउने बनाएको छ । जसका कारण एकै समयमा धेरै जना सेवाग्राहीले आवेदन भर्न तम्सिँदा सर्भरमा समस्या आउने गरेको छ ।

तर, यातायात क्षेत्रका सरोकारवालाहरु विभागको काम विचौलिया पोस्ने भइरहेको बताउँछन् । यता विचौलियाहरुले भने निश्चित सेवाग्राही रोजेरै अनलाईन फारम भरेको शुल्क तोकेर फारम भरिदिने गरेको रहस्य खुलेको छ । विभागले अनलाइन फारम भर्ने निश्चित समय, दिनलगायत तोकिदिँदा शुल्क लिएर फारम भर्ने विचौलिया धन्दा फस्टाएको बताउँछन् यातायात अभियन्ता रामबहादुर थापा । उनका अनुसार विचौलियालाई पोस्नेगरी नै विभागले निश्चित दिन, समयलगायत तोकेर अनलाईन आवेदन फारम भर्ने व्यवस्था गरेको हो ।

हाल यस्ता विचौलियाहरुले दुईपांग्रे सवारीसाधनको मूल्य प्रतिफारम ५ सय रुपैयाँ र चारपांग्रेको ६ सय रुपैयाँ तोकेर सेवाग्राहीको फेसबुक म्यासेन्जरमै पठाउने गरेका छन् । उनिहरुले एउटा फेसबुक ग्रुप नै बनाएर सेवाग्राहीसँग डिटेल र डकुमेन्ट माग्ने अनि पैसा दिएपछि फारम भरिदिने गरेको पाईएको हो ।

सवारी लाइसेन्सको अनलाइन आवेदन : सेवाग्राही झुक्याउँदै यातायात विभाग, विचौलियाले तोक्छन फारम भरेको मूल्य

यता विभागले व्यक्तिगत रुपमा उपश्थित भएर फारम भर्ने प्रक्रियापनि अन्त्य गरिदिएको छ । जसका कारण पनि सेवाग्राहीहरु अनलाईन आवेदनको प्लेटफर्ममा झुम्मिने गरेका छन् । तर, विभागका सूचना अधिकारी भुषाल भने विचौलियातन्त्रलाई निस्तेज पार्न विभाग लागिपरेको बताउँछन् । ‘हामीले विचौलियातन्त्रको अन्त्य होस भनेरै अनलाईनबाट मात्रै फारम भर्न पाईने उपाय अपनाएका हौं,’ उनले भने, ‘तर, कहिँकतैबाट शुल्क लिएर फारम भरेको थाहा पाईयो भने हामी तत्काल कारबाही अघि बढाउँछौं ।’

विभागले अनलाइनमा दिने आवेदनको कोटा तोक्नाले सेवाग्राहीलाई मर्का परेको भन्दै यसलाई हटाउने निर्णय गरिसकेको र काम अघि बढिसकेको बताउँछ । विभागले कोटा सिस्टम हटाएसँगै अनलाइनमा चाहेको समयमा लाइसेन्स फारम भर्न सकिनेछ । यसैको लागि काम गर्दा हाल सर्भरमा गडबडी भईरहेको विभागका सूचना अधिकारी भुषालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL