Logo

सूचिकृत कम्पनीले बोनस घोषणा गरिरहँदा नेप्सेमा रेडलाईट, परिसुचक ४० अंकले घट्दा साढे ४ अर्बको कारोबार

सूचिकृत कम्पनीले बोनस घोषणा गरिरहँदा नेप्सेमा रेडलाईट, परिसुचक ४० अंकले घट्दा साढे ४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । नेप्सेमा सुचिकृत कम्पनीहरुले आर्थिक बर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश घोषणा गरिरहँदा नेप्से परिसुचक भने ठिक त्यसको विपरित ओरालो लाग्न थालेको छ ।

laxmi

पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरु अन्यौलमा पर्दा बजार ओरालो लाग्न थालेको सम्बद्ध लगानीकताहरु बताउँछन् । ‘देशका राजनीतिक अन्यौलता सुरु हुँदा अघिल्लो हप्तासम्म यहिँ मौकामा लगानीकर्ताहरु कमाउने समयभन्दै बजार बढाएका थिए,’ एक लगानीकर्ताल भने, ‘आगामी दिनमा राजनीतिक अन्यौलता थप बढ्दै जाने देखिएपछि लगानीकर्ताहरु प्रफिट बुक गर्दैै आफ्नो सम्पत्ती सुरक्षित गर्नतर्फ लागेका छन् ।’

सोही अनुरुप आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से पसिुचक अन्तमा ३९.९८ अंकले घट्न पुग्यो । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समहुको परिसुचक ५१९ अंकले घट्न पुग्यो भने निर्जीवन बीमा समुहको परिसुचकमा पनि २३८ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा २३ अंकको गिरावट आउँदा होटल समुहको परिसुचक ९३ अंक, उत्पादनमुलक ४६ र माईक्रोफाइनान्स समुहको परिसुचकमा ४१ अंकको गिरावट आएको छ ।

पछिल्लो समय बजारमा कारोबार रकममा पनि केही गिरावट आएको छ । दैनिक ९ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको सेयर बजारमा आज ४ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । पछिल्लो समय बजारमा खरिदभन्दा बिक्री चाँप बढी आउँदा त्यसले बजारलाई नकारात्मक प्रभाव पार्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL