Logo

विहीबार नेप्से ९ अंकले बढ्यो, कारोबार रकम भने बढेन

विहीबार नेप्से ९ अंकले बढ्यो, कारोबार रकम भने बढेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
४ मंसिर, काठमाडौं । विहीबार नेप्से परिसुचक ८ दशमलव ५५ अंकले बढेको छ बुधावार ९ दशमलव ३७ अंकले बढेको परिसुचक बढेको थियो । विहीबार बजार खुलेपछि उकालो लागेको परिसुचक ८ सय ६२ विन्दुमा पुगेको छ ।

विहीबार बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ४९ दशमलव ४ अंकले बढेको छ । यस्तै, बीमा समुहको परिसुचक ४८ दशमलव ८४ अंकले बढेको छ भने बैंकिङ समुह ८ दशमलव ३६ प्रतिशतले बढको छ । विहीबार बजारमा व्यापार समुहको परिसुचक सामान्य ओरालो लागेको छ ।

विहीबार बजारमा कुल २१ करोड ४५ लाख रुपैयाँ बराबरको ४ लाख १९ हजार कित्ता सेयर मात्र कारोबार भएको छ । नेप्से पसिसुचक बढेपनि कारोबार रकम भने अघिल्ला दिन तुलनामा घटेको छ । मंगलवार अर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकका नेतृत्वलाई बजार घटेको वारे गम्भीर हुन र तुरुन्त आवश्यक कदम चाल्न निर्देशन दिएयता नेप्से परिसुचक बढ्न थालेको छ । बजारमा सुधार आउन संकेत देखिएपनि सेयर मुल्य बढ्ने आसमा हाल कारोवार कम भएको सरोकारवालाहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL