Logo

नेगेटिभ सर्किट ब्रेकसँगै स्थगित भयो आईतबारको सेयर कारोबार, परिसूचकमा १२३ अंकको गिरावट

नेगेटिभ सर्किट ब्रेकसँगै स्थगित भयो आईतबारको सेयर कारोबार, परिसूचकमा १२३ अंकको गिरावट



काठमाडौं । हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा नेगेटिभ सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित भएको छ । बिहान ११ बजेदेखि कारोबार सुरु भएको नेप्सेमा साढे २ बजेतिर कारोबार ६ प्रतिशतले गिरावट आउँदा नेगेटिभ सर्किट ब्रेक लागेको हो ।

laxmi

आज बजारमा रहेका सबै परिसुचक राताम्य हुँदा करिव साढे ३ घण्टामा ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँ बरारबरको कारोबार भएको छ ।

आज नेप्से परिसुचक भने १ सय २३ दशमलवप ३४ अंकले ओरालो लागेको छ । आज बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जिवन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । आज उक्त समुहको परिसुचकमा ५ सय ६९ अंकको गिरावट आउँदा उत्पादनमुलक क्षेत्रको परिसुचकमा भने ३६२ अंकको गिरावट आएको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने आज ६४ अंकको गिरावट आएको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ७६ अंकले घट्दा जलविद्युत समुहको परिसुचक भने ८६ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL