Logo

१८ अंकले घट्यो नेप्से, सवै समुह रातो

१८ अंकले घट्यो नेप्से, सवै समुह रातो


बिजखबर संवाददाता
27
Shares

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १८ दशमलव १८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ४३ दशमलव ८८ अंकमा झरेर बजार बन्द भएको हो ।

सो दिन कारोवारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ५९ दशमलव ५३ अंकले ओरालो लागेको छ ।

त्यस्तै  जलविद्युत समहुको ३४, होटल समुहको २३ दशमलव ६६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक १९ दशमलव ९३ अंकले घटेको छ । त्यसैगरी विकास बैंक, अन्य  र फाइनान्स समुहको परिसुचक १२ दशमलव ५७, १२दशमलव ९२ र ३ अंकले घटेको छ ।

सो दिन १ सय १८ ओटा कम्पनि कारोवारमा आएका थिए । १२ लाख ६३ हजार कित्ता सेयरबाट ६२  करोड  २२ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL