Logo

सामसुङले आर्मी क्लवलाई प्रायोजन गर्ने, २० लाख बराबरको खेल सामाग्री प्रदान गरिदै

सामसुङले आर्मी क्लवलाई प्रायोजन गर्ने, २० लाख बराबरको खेल सामाग्री प्रदान गरिदै


बिजखबर संवाददाता
0
Shares

सामसुङ मोबाइलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई प्रायोजन गरेको छ । यससँगै सामसुङ मोवाइल र इन्ट्रिगेटेड मोबाइल सोलुसन(आइएमएस)ले एक वर्षका लागि क्लबलाई २० लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गर्ने बताइएको छ ।

नेपाली सेना र कम्पनीवीच विहिवार खेल सामाग्री दिने विषयमा हस्ताक्षर भएको थियो । प्रायोजन सम्वन्धी सम्झौंतापत्रमा नेपाली सेनाका उपरथी राजेन्द्रबहादुर कार्की र सामसुङ नेपालका लागि आधिकारिक विक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्राले हस्ताक्षर गरे ।

सो अवसरमा अध्यक्ष मल्होत्राले मुलुक अहिले असहज अवस्थामा रहेको बताउँदै खेलकुदले अहिलेको विषम परिस्थितीमा एकवद्ध गराउन सक्ने धारणा राखे । मुलुकको यो असहज अवस्थामा राष्ट्रियतासँग जोड्ने काम खेलकुदले गर्ने विश्वास लिएको उनले बताए । उनले भने ‘त्यसैले पनि हामी तपाईहरुसँग जोडिएका हौ ।’

कार्यक्रममा सामसुङ इलेक्ट्रोनिक्स नेपाल कार्यालयका प्रमुख युविम वनले सेनासँग आफ्नो नजिकको सम्वन्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL