Logo

अर्थमन्त्रीको निर्देशन पछि नेप्से १० अंकले बढ्यो, बैंकिङ समुह पनि उकालो लाग्यो

अर्थमन्त्रीको निर्देशन पछि नेप्से १० अंकले बढ्यो, बैंकिङ समुह पनि उकालो लाग्यो


रामराजा श्रेष्ठ
54
Shares

बिजखवर संवाददाता
३ मंसिर, काठमाडौं । साताको पहिलो तीन दिन ओरालो लागेको नेप्से परिसुचक बुधबार पुन उकालो लागेको छ । अघिल्ला दिनमा द्रुत रुपमा घटेको परिसुचक बुधावार ९  दशमलव ३७ अंकले बढेको छ । बुधबार बजार खुलेपछि केही समय ओरालो लागेको परिसुचक १० अंकले बढेर ८ सय ५३  दशमलव ९५ विन्दुमा पुगेको छ ।
अर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकका नेतृत्वलाई बजार घटेको वारे गम्भीर हुन र तुरुन्त आवश्यक कदम चाल्न निर्देशन दिएपछि मंगलवार मध्यान्हबाटै बजारमा सुधारको संकेत देखिएको थियो । साथै, मन्त्री महतले डिम्याट गरिएको सेयरको धितोमा कर्जा पाउने व्यवस्था मिलाउन समते निर्देशन दिएको राष्ट्र बैंक स्रोतले बताएको छ
बुधवार बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ४८ दशमलव  ४८ अंकले बढेको छ । अघिल्ला दिनमा सोही समुहको परिसुचक सवैभन्दा बढी घटेको थियो । यस्तै, होटल समुहको परिसुचक ४० अंकले बढेको छ भने बीमा समुह ३८ अंकले बढेको छ । बुधवार बैंकि बैंकिङ समुहको परिसुचक पनि ९ दशमलव ३७ अंकले बढेको छ । बुधवार बजारमा  सवै समुहका परिसुचक उकालो लागको छ ।
बुधबार बजारमा कुल २२ करोड ५३ लाख रुपैयाँका बराबरको ४ लाख ६१ हजार कित्ता सेयर मात्र कारोबार भएको छ । नेप्से पसिसुचक बढेपनि कारोबार रकम भने अघिल्ला दिन तुलनामा घटेको छ । अर्थमन्त्रीको निर्देशनसँगै आगामी दिनमा नेप्से परिसुचक बढ्न् सम्भावना रहेकाले बजारमा सेयर किनवेच कम भएको ब्रोकरहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL