Logo

आजदेखि अपि पावरको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

आजदेखि अपि पावरको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । अपि पावरले आज (शुक्रबार) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि ४७ प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
जस अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता अर्थात १ः४७५ को अनुपातमा हकप्रद सेयर बिक्री खुुला गरेको हो । उक्त सेयरमा सेयरधनीले आजदेखि मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

laxmi

उक्त सेयरको हकप्रलमा २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

उक्त हकप्रदको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL