Logo

आईएमई मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, असोक लेलैण्डका गाडी खरिदमा ६० प्रतिशतसम्म कर्जा प्रदान

आईएमई मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, असोक लेलैण्डका गाडी खरिदमा ६० प्रतिशतसम्म कर्जा प्रदान



काठमाडौं । आइएमई मोटर्स प्रालीद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार अशोक लेलैण्डको डोस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । उक्त कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबीच संयुक्त रुममा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL