Logo

दुईपाङग्रेमा मनै लोभ्याउने दशैं अफर र उपहार योजना, यस्ता छन् विभिन्न कम्पनीका अफर

दुईपाङग्रेमा मनै लोभ्याउने दशैं अफर र उपहार योजना, यस्ता छन् विभिन्न कम्पनीका अफर



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसले निम्त्याएको लामो समयको लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बजार अहिले क्रमशः चलायमान बन्दैछ । यसैक्रममा नेपालीहरुका सबैभन्दा ठूला पर्व दशै–तिहारको चहलपहल पनि शुरु भएको छ । हरेक वर्ष दशै–तिहार सबै व्यवसायका लागि व्यापार गर्ने अवसर रहँदै आएको छ ।

यही अवसरलाई उपयोग गर्न सबै व्यवसायीहरुले उपभोक्तालाई लोभ्याउने विभिन्न अफर र योजना ल्याउने गरेका छन् ।

दशैं–तिहारमा नेपालीहरुले मन फुकाएर किनमेल गर्छन । यो समयमा उच्च व्यवसाय हुने भएकाले प्राय सबैले विभिन्न छुट पनि दिन्छन र उपभोक्तालाई पनि फाइदा पुग्छ । यस्तै नेपाली अटोमोबाइल क्षेत्रका लागि पनि यो समय व्यापारको अवसर मानिन्छ ।

ग्राहकलाई आफुतिर आकर्षित गर्न विभिन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा पनि चल्ने गर्छ । यो वर्षपनि त्यस्तो प्रतिस्पर्धा शुरु भइसकेको छ । कोभिड–१९ को महामारीमा नेपालमा पनि प्राय मानिसहरु भिडभाडमा जानमात्र नभई सार्वजनिक सवारीसाधन पनि चढ्न छोडिसके । सरकारले जम्मा सिट संख्याको ५० प्रतिशत अर्थात २ सिटमा एक जना मात्रै यात्रु राखेर सवारी चलाउन निर्देशन दिएपछि सोहीअनुसारको सुविधा पनि हाल कमै यात्रुले लिने गरेको सार्वजनिक यातायात व्यवसायी बताउँछन ।

तर यसको प्रत्यक्ष असर भने २ पांग्रे सवारीसाधनको विक्रीमा परेको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीकै कारण २ पांग्रे सवारीसाधनको विक्री उच्च रुपमा वृद्धि भईरहेको छ । मानिसहरुले कोरोनाबाट बच्नकै लागि र आफ्नो दैनिक गतिविधी नियमित गर्नकै लागि भएपनि ऋण काढेरै भएपनि दूईपांग्रे सवारीसाधन लिने गरेका छन् । जसका कारण ७ महिना बढी बन्द भएको अटोमोबाईल बजारमा समेत केही हदसम्म बहार आएको छ ।

यही मौका र नजिकिँदै गरेको दशैं तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै अटो व्यवसायीहरुले २ पांग्रे सवारीसाधनमा विभिन्न प्रकारका छुट अफरहरुसमेत सार्वजनिक गरेका छन् । यसरी छुट अफर सार्वजनिक गर्दै प्राय कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्दा २ पाङग्रे सवारीको विक्री झन बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।


यस्ता छन विभिन्न कम्पनीका दशैंतिहार अफरहरु :

बजाजको रोजेरै खुसी अफर :
नेपालमा बजाज मोटरसाईकलको अधिकृत विक्रेता गोल्छा अर्गनाईजेसन अन्तर्गतको हंसराज हुलासचन्दले दशैं तिहारलगायतका चाडपर्वलाई मध्येनजर गर्दै रोजेरै खुसी अफर सार्वजनिक गरेको छ ।

कम्पनीको उक्त अफरअन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई विभिन्न ३ ओटा अफरहरु रोजेर मोटरसाईकल किन्न पाउने सुविधा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पहिलो अफर अन्तर्गत कम्पनीको मोटरसाईकल किन्ने ग्राहकले १० हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

यस्तै अर्को अफर अन्तर्गत ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शुन्य प्रतिशत व्याजदरमा ईएमआई भर्न पाउने भएका छन् भने अन्तिम अफरअन्तर्गत ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्टमै बाईक खरिद गर्न पाउने भएका छन् । यी तिनै अफरहरु कम्पनीले ग्राहकहरुका लागि रोजेर प्रयोग गर्नसक्ने गरी सार्वजनिक गरेको हो ।

दशैंको पर्व हिरोत्सवको हर्ष :

नेपालमा हिरो मोटरसाईकलको आधिकारिक विक्रेता ज्योति समुह अन्तर्गत एनजीएम मोटर्सले पनि चाडपर्वहरुलाई मध्येनजर गर्दै हिरो ब्राण्डले पनि दशैंको पर्व हिरोत्सवको हर्ष नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो उक्त अफरअन्तर्गत स्कुटर र बाईकको खरिदमा १ लाख रुपैयाँसम्म बम्पर अफर, ५ हजार रुपैयाँ पक्का छुट र स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यासब्याक अफर राखेको छ । यस्तै कम्पनीले आफ्ना निश्चित शोरुमहरुबाट शुन्य प्रतिशत डाउनपेमेन्टमै बाईकसमेत उपलब्ध गराईरहेको छ ।

हर १ नेपालीलाई १ रुपैयाँमा होन्डा :
होन्डा कम्पनी नेपालका लागि आधिकारिक विक्रेता ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडर्सले पनि दशैं तिहारलाई लक्षित गरी ‘हर १ नेपालीलाई १ रुपैयाँमा होन्डा’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो उक्त अफरअन्तर्गत १ रुपैयाँ डाउनपेमेन्ट वा १ रुपैयाँ ईएमआई वा १ प्रतिशतमा बाईक तथा स्कुटर खरिद गर्न सक्नेछन् । उक्त अफरअन्तर्गत ग्राहकले ७ बर्षका लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र ७ बर्षको बोनस सर्भिसिङ सेवापनि पाउनेछन् ।

जीपीएक्स फेस्टिभल धमाका २०२० :
नेपालमा जिपीएक्स मोटर्सले पनि दशैंका लागि भन्दै छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो फेस्टिभल धमाका २०२० अन्तर्गत तत्काल ५० हजार रुपैयाँसम्म छुट पाउन सकिने सुविधा सार्वजनिक गरेको छ । यस्तै कम्पनीले आफ्ना पुराना बाईक ल्याएर नयाँ बाईक लैजान पाउने सुविधासमेत सार्वजनिक गरेको छ ।

कारबोरेटर छोडौं एफआई चढौं, यमाहा :
नेपालमा यमाहा मोटरको अधिकृत विक्रेता एमएडब्लु ईन्टरप्राईजेजले दशैं तिहार योजना सार्वजनिक गरेको छ । कम्पनीले कार्बोरेटर छोडौं एफआई चढौं नामक योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार उक्त अफरअन्तर्गत एक्सचेन्ज एण्ड अपग्रेड वा सेयोर सट नगद ८ हजारसम्म छुट वा ईजी फाईनान्सको सुविधा दिने बताएको छ ।

उक्त ३ अफरमध्ये पहिलो एक्सचेन्ज एण्ड अपग्रेडमा १५ हजारसम्म भ्यालु यड गर्न सकिने सुविधा रहेको छ भने अर्को ८ हजारसम्म नदज छुट दिन सकिने अफर रहेको छ । यस्तै तेस्रो अफरअन्तर्गत १० प्रतिशत डाउनपेमेन्ट अर्थात शुन्य प्रतिशत व्याजदरमा ईएमआईको सुविधा पाईने छ । उक्त ३ अफरहरु ग्राहकले रोजेर लिन सक्नेछन् । यस्तै कम्पनीले प्रत्येक बाईकको खरिदमा टेस्ट राईड र गिफ्टको सुविधा दिएको छ ।

टिभीएसको दशैं धमाका :
टिभीएस मोटरको नेपालका लागि अधिकृत विक्रेता जगदम्बा मोटर्सले दशैं तिहारलाई लक्षित गरी दशैं धमाका नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले ईकमर्स कम्पनी दराजसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीको उक्त अफरअन्तर्गत दराजमार्फत उक्त कम्पनीको बाईक खरिद गर्दा पहिलो २० ओटा ग्राहकलाई ५ हजार ५ सय रुपैयाँ बराबरको छुट भौचर उपलब्ध हुनेछ । दराजले पनि उक्त बाईक तथा स्कुटरहरुमा १ देखि ३ प्रतिशतसम्म नगदमा छुट दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL