Logo

कोरोना कहरका बीच अटोमोबाईल क्षेत्रमा दशैं अफर, ४ पांग्रे सवारी किन्नेहरुका लागि कुन कम्पनीका गाडीमा कति छुट ?

कोरोना कहरका बीच अटोमोबाईल क्षेत्रमा दशैं अफर, ४ पांग्रे सवारी किन्नेहरुका लागि कुन कम्पनीका गाडीमा कति छुट ?



काठमाडौं । विगत ९ महिनायता नेपाललगायत विश्वभरी नै कोरोना भाईरसको कहर कायमै छ । यसको प्रभाव नियन्त्रणका लागि भन्दै लागु गरिएको लकडाउन र निशेधाज्ञाका कारण व्यापार चेन ध्वस्त भएको थियो । सोही अनुसार अब कोरोना केही हदसम्म बानीजस्तै भएपनि दिनप्रतिदिन संक्रमितहरु बढिरहँदा डर भने कायमै छ ।

laxmi

पछिल्लो समय नेपालीहरुको चाडपर्वको चक्र सुरु भएको छ । यस्तो बेलामा कोरोनाको कहर बढ्दै गएपनि रमाईलो गर्नेहरुले रमालाईलो गर्न नछोड्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । यसैबीच पछिल्लो ७ महिनादेखि बन्द नेपालको अटो व्यवसायीले आफ्नो व्यवसाय खुला गर्ने मौका पाएसँगै दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै अफरको खेलो सुरु गरेका छन् ।

करिव ७ महिना ठप्प भएको यसको व्यापार सरकारले लकडाउन र निशेधाज्ञालाई सहजीकरण गरिदिएसँगै अटो व्यवसायीहरुको अफर सुरु भएको हो । चाडपर्व अफर ल्याएपनि तर व्यापार भने पहिलेको भन्दा खस्केको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

हरेक बर्ष हुने अटो शो पनि यो बर्ष कोरोनाका कारण हुन पाएन । अटो शोमा धेरैभन्दा धेरै गाडी तथा २ पांग्रेको बुकिङ तथा विक्री हुनेगरेको थियो । यसपाली उक्त शो नहुँदा व्यवसायीहरुले ठुलो घाटा वेहोर्नुपरेको छ । तर चाडपर्व नजिकिँदै जाँदा अटो व्यवसायीहरुले कोरोना कहरमा पनि आफ्नो व्यवसायलाई अगाडी बढाउन दशैं अफरहरु सार्वजनिक गरेका छन् । आफ्ना ग्राहकलाई सवारी किन्न आकर्षित गर्नेगरी नेपालमा विभिन्न कम्पनीहरुले यस्ता अफरहरु सार्वजनिक गरेका हुन् । जुन निम्नानुसार छन् ।

हुन्डाई दशैं तिहार अफर :

नेपालमा हुन्डाईका लागि अधिकृत विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले आफ्ना गाडीहरुप्रति ग्राहकलाई आकर्षित गर्नका लागि ‘हुन्डाई दशैं तिहार अफर’ सार्वजनिक गरेको छ । उक्त अफरअन्तरगत ग्राहकले ‘यसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ नामक अफरअन्तरगत गाडी खरिदमा आकर्षक नगद फिर्ता पाउनेछन् । कम्पनीका अनुसार उक्त अफरअन्तर्गत हुन्डाई गाडी खरिदकर्ता ग्राहकले स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । यस्तै बम्पर उपहार अन्तर्गत २ भाग्यशाली विजेताले भने हुन्डाईको अउरा र आई१० नियोस पाउनेछन् । यस्तै कम्पनीले उक्त अफरअन्तर्गत १ बर्षको बीमा सुविधासमेत पाउनेछन् ।

सुजुकीको पर्वाेत्सव अफर :

नेपालमा सुजुकी ब्राण्डको अधिकृत विक्रेता सिजी मोटोकर्पले नेपालीहरुको महानचाड दशैंतिहारलाई लक्षित गरी पर्वाेत्सव अफर सार्वजनिक गरेको छ । ‘यो दशैं तिहारमा सुजुकीको साथ’ नारासहितको उक्त अफरअन्तर्गत ग्राहकले सुजुकी गाडीको खरिदमा ३ लाख ५० हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

कम्पनीका अनुसार उक्त अफरअन्तर्गत गाडी खरिद गर्दा ग्राहकले कम्तिमा २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न पाउनेछन् । जसअन्तर्गत २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त अफरअन्तर्गत १ बर्षको बीमा र पार्ट्स सुविधासँगै रिफर एण्ड विन क्यास प्राईजको पनि घोषणा गरेको छ ।

रेनल्ट शुभ दिन ६ अफर :

यस्तै दशैं तिहारलाई लक्षित गरी अफर सार्वजनिक गर्ने अर्काे रेनल्ट कम्पनीले भने ‘शुभ दिन६’ नामक अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत रेनल्ट ब्राण्डको गाडी किन्ने ग्राहकले ५ लाखसम्म नगद फिर्ता पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त अफरमा निशुल्क बीमा, निशुल्क एसेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस, ५ बर्षको वारेन्टी र ५ लाखसम्मको नगद फिर्तासहित ६ ओटा सुविधा रहेका छन् ।

फोर्डको फेस्टिभ अफर :

फोर्ड गाडीका खरिदकर्ता ग्राहलाई भन्दै फोर्ड कम्पनीले दशैं तिहार विशेष ‘फोर्ड फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो अफरमा ४ लाख ५० हजारसम्म जित्ने मौका, ६ महिनाको ईएमआई छुट तथा भुक्तानी स्थगन गर्ने सुविधा राखेको छ । गाडीका ग्राहकले उक्त ३ अफरमध्ये कुनै एक अफर छान्ने मौका पाउनेछन् । उक्त अफरसँगै ग्राहकले फोर्ड गाडीको खरिदमा सडक दस्तुर छुट, लोयल्टी छुट, ३ बर्षको वारेन्टी, ३ बर्षको निशुल्क सर्भिस, १ बर्षको बीमा निशुल्क लगायतका सुविधाहरु पाउनेछन् ।

टाटाको दशैं अफर :

नेपालमा टाटा ब्राण्डका गाडीहरुको अधिकृत विक्रेता सिप्रदी ट्रेडर्सले पनि दशैंका लागि भन्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यो दशैंमा किन मान्ने बोर ?,टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामकर अफर सार्वजनिक गरेको हो । उक्त अफरअन्तर्गत टाटा ब्राण्डका गाडीहरुको खरिद गर्ने ग्राहकले मोबाईल फोन देखि वासिङ मेसिनसम्मका उपहार पाउनेछन् ।

कम्पनीका अनुसार उक्त गाडीहरुको खरिदमा ग्राहकहरुले सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा, सामसङको ट्याब्लेट, सोनीको ईन्टरनेट टीभी, वासिङ मेसिन र माईक्रोवेभ ओभनसमेत पुरस्कार पाउने बताईएको छ । यस्तै कम्पनीको गाडी खरिदमा सेओर सट प्राईज र लक्की ड्रमार्फत पुरस्कार पनि राखेको छ ।

हाल नेपालमा रहेका होण्डा, महिन्द्रा, भक्सवागन, स्कोडा, जीपलगायतका कम्पनीहरुले भने हालसम्म दशै अफर ल्याईसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL