Logo

नेप्से परिसुचक १६ सय माथि, सस्ता सेयरमा झुम्मिए लगानीकर्ता

नेप्से परिसुचक १६ सय माथि, सस्ता सेयरमा झुम्मिए लगानीकर्ता



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६ सय विन्दुमाथी उक्लिएको छ । उत्तारचढावसहित दोहोरो अंकले बढेको नेप्से परिसुचक आज १६ सय दशमलव ९७ विन्दुमा पुगेर रोकिएको हो ।

नेप्सेका अनुसार आज बजार १४ दशमलव ६८ अंकले उकालो लागेको छ । बुधबार बिहानैदेखि उत्तारचढावबीच बढेको बजारमा म्यानुफ्याक्चरिङ र लघुवित्तबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् ।

बुधबार लगानीकर्ताहरु सस्ता सेयरमा झुम्मिदा सबैभन्दा बढी विकास बैंक, निर्जिवन बीमा कम्पनी र जलविद्युत समुहको परिसुचक ७० अंक माथिले बढेको हो । नेप्सेका अनुसार उक्त ३ समुहको परिसुचकमा क्रमशः ७७, ७६ र ७५ अंकले उकालो लागेको हो । यस्तै आज होटल समुहको परिसुचक ५२ अंकले बढ्दा बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ५ अंकको वृद्धि देखिएको छ । साथै आज फाईनान्स, व्यापार र जिवन बीमा समुहको परिसुचकमा क्रमशः २३, ६ र १७ अंकको वृद्धि भएको छ ।

बुधबार कुल १ सय ९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २ सय ६९ रुपैयाँ पुगेको छ ।

बुधबार साञ्जेन जलविद्युत, कर्णाली विकास बैंक लिमिटेड, बरुण जलविद्युत र नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै अन्य २७ कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL