Logo

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल विधिबाट हुँदै, एक सय बढी ब्राण्डले सहभागिता जनाउने

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल विधिबाट हुँदै, एक सय बढी ब्राण्डले सहभागिता जनाउने



काठमाडौं । असोज ३० गतेदेखि भर्चुअल माध्यमबाट नेपाल भारत फ्रेन्चाईज एक्स्पो तथा सम्मेलन हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई एकअर्का देश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यसहित उक्त भर्चुअल एक्स्पो गर्न लागिएको हो ।

laxmi

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् ।

यस्तै सम्मेलनलाई दुई हजार भन्दा बढी योग्यलगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमकोरूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारत बीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ ।

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयां अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलव्धी हासिल गरेको थियो ।

कोभिडको महामारीका बावजुद, उद्यमी व्यवसायीहरूले ई–कमर्स तथा अन्य प्रविधिहरूको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको माग अनुसार अगाडी बढाउन मद्दत गरिरहेका छन् । उक्त थ्रीडी भर्चुअल एक्सपोले पनि उद्यमशीलताको सँेंच राखि अगाडी बढ्न लागेको यूवा जमातलाई समय अनुसार अगाडी बढ्न र व्यवसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ ।

सम्मेलनले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारहरुलाई प्रविधिका माध्यमबाट सुरक्षित रूपमा आ–आफनै घरमा रही एकै ठाउंमा जुटाउन सहयोग गर्ने छ । भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरू बीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सवै तहका उद्यमीहरू, लगानीकताहरूलाई भेट गराई व्यवसायिक अवसरहरूको उत्खनन, विश्वमा पछिल्लो व्यवसायिक अवस्थाका वारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL