Logo

धितोपत्र बोर्डको अध्यक्षमा डा. कार्की नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा डा. कार्की नियुक्त


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डा. रेवतवहादुर कार्की नियुक्त गरेको छ । विहीबार वसेको मन्त्रीपरिषद्को बैंठकले उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त कार्की नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी हुन् । । पुँजी बजारसम्बन्धी राम्रो ज्ञान भएका कार्कीले नेपाल स्कट एक्सचेञ्जको प्रमुख भएर समेत काम गरिसकेका छन् । नेप्सेमा प्रमुख कार्यकारी भएर कामगर्दा ट्रेडिङ अटोमेशनदेखि थुप्रै सुधारका काम गरेका थिए । कार्की अहिले पनि धितोपत्र बोर्डकै विज्ञ संचालक हुन् छन् । उनी राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष छन् ।

कार्कीसँग नेपाल राष्ट्र बैंकको नियमन र रिसर्च विभागमा २५ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, युएनडीपी अन्तरगत बैंक अफ नामिभियामा २ वर्ष अर्थशात्रीको रुपमा काम गरेका थिए भने आइएमएमफ अमेरिकामा ३ वर्ष काम गरेको थिए । उनले आईएफएफमा काम गर्दा विभिन्न ३५ वटा देश हेर्ने जिम्मेवारी पाएका थिए । कार्कीले मध्य पश्चिमाञ्चलमा २ वर्ष कार्यकारी निर्देशक भएर काम गरेका थिए । उक्त बैंक स्थापना गर्नुमा उनकै मुख्य भुमिका रहेको थियो ।

बोर्डको अध्यक्ष सिफारिसका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ३ सदस्यि कमिटि बनाएको थियो । जसमा अर्थ सचिव सुमनप्रसाद शर्मा र विज्ञको तर्फबाट धितोपत्र बोर्डका पुर्व अध्यक्ष डम्बरप्रसाद ढुङगेल रहेका थिए । उक्त कमिटिले गत शनिवार कार्की सहित निरज गिरी र दण्डपानी पौडेलको नाम सिफारिस गरेको थियो ।

सरकारले भर्खर नियुक्त गरेका कार्कीले हालका अध्यक्ष अध्यक्ष बाबुराम श्रेष्ठको कार्यकाल सकिएपछि मात्र कार्यभार सम्हाल्ने छन् । श्रेष्ठको कार्यकाल यही असोज २९ गते सकिँदै छ ।

यो पनि पढ्नुहोस…

धितोपत्र बोर्डको अध्यक्षमा ३ को नाम सिफारिस, कार्की नियुक्त हुने पक्का

प्रतिक्रिया दिनुहोस्
MBL