Logo

एक हप्तामा २ कम्पनीको ३४ लाख कित्ता आईपीओ आउँदै, कुनको कति ?

एक हप्तामा २ कम्पनीको ३४ लाख कित्ता आईपीओ आउँदै, कुनको कति ?



काठमाडौँ । निषेधाज्ञाका कारण धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्काशनमा रोक लगाएकोमा भोली अर्थात बुधबारदेखि पुनः खुला हुने भएको छ । असोज ७ गतेदेखि युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन गर्ने भएको हो ।

laxmi

कम्पनीले कुल ४ करोड २० लाख मूल्य बराबरका ४ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो कम्पनीको आईपीओ आवेदन छिटोमा असोज २१ गते रे ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ । हाल कम्पनीको सेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यसैगरी असोज असोज ११ गते जनरल इन्स्योरेन्स कम्पनीले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्त ा १०० अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ ।

सो कम्पीको सेयरमा पनि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको ३० लाख कित्तामध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका बिक्री खुला गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । सो कम्पनीको सेयरमा छिटोमा असोज १४ गते र ढिलोमा २५ गते सम्म आईवेदन दिन पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL