Logo

सिभिल बैंकले भन्यो, ‘कुनै पनि बैंकसँग मर्जरमा जान औपचारिक निर्णय गरेका छैनौं, मिडियामा आएका समाचार गलत हुन’

सिभिल बैंकले भन्यो, ‘कुनै पनि बैंकसँग मर्जरमा जान औपचारिक निर्णय गरेका छैनौं, मिडियामा आएका समाचार गलत हुन’



काठमाडौं । सिभिल बैंकले हालसम्म कुनै पनि बैंकसँग मर्जरमा जानका लागि औपचारिक निर्णय नभएको जानकारी दिएको छ । सिभिलले हिमालयन बैंकसँग मर्जरमा जान लागेको र सो सम्बन्धमा बैंक संचालक समितिबाट औपचारिक रुपमा प्रस्ताव गरिएको भन्ने सूचना मिडियामा प्रकाशित गरेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले स्पष्टिकरण सोधेको थियो । सोही अनुरुप सिभिलले आजका मितिसम्म कुनै पनि बैंकसँग मर्जरमा जानका लागि बैंकको मर्जर कमिटि तथा संचालक समितिबाट निर्णय नभएको जवाफ नेप्सेलाई पठाएको छ ।

laxmi

‘नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएतापनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय भएको छैन,’ बैंकले पठाएको जवाफमा उल्लेख छ, ‘बैंकले सेयर मुल्यमा असर पर्ने कुनैपनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’

सिभिल बैंक लिमिटेड लाई हिमालयन बैंक लिमिटेड प्राप्ती गर्ने विषयका समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भइरहेको सम्बन्धमा बैंकको गम्भिर ध्यानाकर्षण भएको भएको समेत उक्त जवाफमा उल्लेख छ । साथै बैंकले आधिकारिक रुपमा त्यस्तो खालको कुनैपनि समाचार सम्प्रेषण नगरेको र धितोपत्र सूचिकरण नियमावली, २०७५ को विनियम २२ बमोजिम जानकारी गराउनुपर्ने सबै प्रकारको निर्णयहरु समयमै बुझाउदै रहेको तथा भविष्यमा समेत नियमानुसार गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL