Logo

सिभिल बैंकलाई स्पष्टिकरण सोध्दै नेप्से, भन्यो–बजारलाई प्रभाव पर्ने सूचना चुहाउनु गलत हो

सिभिल बैंकलाई स्पष्टिकरण सोध्दै नेप्से, भन्यो–बजारलाई प्रभाव पर्ने सूचना चुहाउनु गलत हो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सिभिल बैंकलाई अनुसन्धानको दायराामा ल्याउने भएको छ ।

laxmi

बजार मूल्य असर पार्ने गरी हिमालयन बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच अनौपचारिक कुराकानीपश्चात सिभिल बैंक संचालक समितिले हिमालयन समक्ष मर्जरका लागि औपचारिक प्रस्ताव गरेको समाचार बाहिर आएसँगै नेप्सले सिभिललाई स्पष्टिकरण सोधेर अनुसन्धानको दायरामा ल्याउन लागेको हो ।

सेयर मूल्यमा प्रभाव पार्ने खालका कुनै पनि निर्णयहरु औपचारिक निर्णय हुनुभन्दा वाहिर ल्याउँदा त्यसले लगानीकर्तालाई असर पार्ने सो सम्बन्धमा बैंकलाई स्पष्टिकरण सोधेर अनुसन्धानका दायरामा ल्याईने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीले औपचारिक निर्णय नभई बजार मुल्य प्रभाव पार्ने खालका सुचनाहरु बाहिर ल्याउन मिल्दैन,’ उनले भने, ‘के कसरी त्यस्ता सूचना बाहिर आए सो सम्बन्धमा नेप्सेले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने छ ।’

हिमालनयसँग मर्जरमा जाने प्रस्ताव गरेको समाचार आएसँगै आईतबार (आज) सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट सकारात्मक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL