Logo

अफ टाईममा पनि कारोबार भएपछि धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो स्पष्टिकरण, रातभरमा कसरी थपियो ३२ करोडको कारोबार ?

अफ टाईममा पनि कारोबार भएपछि धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो स्पष्टिकरण, रातभरमा कसरी थपियो ३२ करोडको कारोबार ?



काठमाडौं । नेप्पाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार समय सकिएपछि पनि थप कारोबार भएपछि नियामक निकाय धितोपत्र बोर्डले स्ष्टीकरण सोधेको छ । मंगलबार कारोबार समय अर्थात ३ बजे बजार बन्द हुँदा नेप्से परिसुचक ४.४७ अंकले घट्दै १ अर्ब ८० करोड रुपैयाँ भएकोमा बुधबार विहान सोही अंकमा नेप्से परिसुचक घटेको देखाईरहँदा कारोबार रकम भने थप ३१ करोड ८८ लाखले बढ्न पुगेको थियो ।

laxmi

सो विषयमा बिजखबरले “जुवा घरमा परिणत नेप्से, कारोबार बन्द भएपछि कसरी भयो थप ३२ करोडको सेयर कारोबार ?” शिर्षकमा समाचार प्रकाशित गरेपछि नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई स्पष्टीकरण सोधेको हो । रातभरमा कसरी कारोबार रकम बढ्न पुग्यो सो विषयमा स्पष्ट लिखित जवाफ पेश गर्न नेप्सेलाई निर्देशन दिइएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘बोर्डले भर्खरै मात्र नेप्सेलाई स्पष्टीकरण सोधेको छ,’ उनले भने, ‘नेप्सेबाट जानकारी आएपछि के कसरी कारोबार भएको रहेछ सो विषयमा स्पष्ट हुनेछ ।’

साथै नेप्सेबाट सो सम्बन्धका जानकारी आएपछि सोमबार नेप्से परिसुचक बन्द हुँदा र पछि के कारणले थप कारोबार हुन पुगेको हो सो विषयमा छानविन गरिने समेत उनले जानकारी दिए । मंगलबार बजार बन्द हुँदा १ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार विहान सोही अंकमा नेप्से परिसुचक घट्दा कारोबार रकम भने बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL