Logo

नाडा अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी, व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता

नाडा अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी, व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

८ असोज, काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनमा निकटमत प्रतिद्वन्द्वी मनोज सेठियालाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । निर्वाचित श्रेष्ठले २ सय १२ मत पाए । उनका प्रतिद्वन्द्धी सेठियाले १ सय १५ मत पाएका थिए ।

12033281_1065687236815657_1861783193_n

नाडाको सदस्यहरुमा कृष्णप्रसाद दुलाल, देवकाजी श्रेष्ठ, सुनिल रिजाल, विक्रम रौनियार, शम्भु दुलाल, अनुपकुमार बराल, सुरेन्द्र उप्रेती, प्रदिपमान प्रधान र दिपक थापा चयन भएका छन् । यस्तै आकास गोल्छा, नन्दकिशोर साही, कपिल शिवाकोटी, गोपीकृष्ण न्यौपाने र दिपककाजी लालाधर  चयन भएका छन् । त्यस्तै, सस्थागततर्फ ध्रुवकुमार थापन, शिवराज गिरी, भिमलाल निउने र नारायणप्रसाद कँडेल निर्विरोध भएका हुन् । अन्य पदाधिकारी भने कार्यसमितिको बैठकले चयन गर्ने छ ।

नाडा अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायिक हितमा काम गर्ने बिजखबरलाई बताए । सवारी साधान तथा तीनको पार्टसमा लाग्ने भस्नारदर घटाउन, ऐनमा भएको ३ लाख रुपैया“भन्दा बढीको खरिदका लागि अनिवार्य टेन्डर गर्नुपर्ने व्यवस्था पनि हटाउन, देशमा गाडी एसेम्बल प्लान्ट निर्माणमा सरकारले दिने भनेको सहुलियत बढउानलगायत पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL