Logo

मोवाइल एक्स्पोको आठौं दिन ५० हजार अवलोकनकर्ता, शनिवार सांगितिक कन्सर्ट हुँदै

मोवाइल एक्स्पोको आठौं दिन ५० हजार अवलोकनकर्ता, शनिवार सांगितिक कन्सर्ट हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१ असोज,काठमाडौं । ललितपुरमा जारी मोवाइल एक्स्पो २०७२ को आठौं दिन ५० हजार अवलोकनकर्ताले गरेका छन् ।

मेलाको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको हो । भदौ २९ गतेदेखि शुरु भएको मेलामा ४ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

यसैबिच एक्स्पोको रौनक बढाउन ललितपुर मोबाइल कम्प्लेक्सले असोज २ गते शनिवार सांगितिक कन्सर्टको आयोजना गर्ने भएको छ ।

शनिवार ३ बजेदेखि कम्प्लेक्समा आयोजना हुने उक्त सांगितिक कन्सर्टमा नेपालको प्रसिद्ध र्यापर नेपसाइडर अर्थात मानस घलेका साथमा लिट्ल ग्रिल, एलिस नेप्किंङ, प्रशान्तसहितका गायक गायिकाहरुको प्रस्तुति रहनेछ । मेला असोज ३ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL