Logo

यी हुन् विश्वकै महङ्गा कार, हेर्नुहोस कसको मुल्य कति ?

यी हुन् विश्वकै महङ्गा कार, हेर्नुहोस कसको मुल्य कति ?


रामराजा श्रेष्ठ
0
Shares

मङ्गलबारदेखि सुरू भएको दशौं नाडा अटो शो एक किसिमले अटोक्षेत्रको महामेला नै मानिन्छ । शोको क्रममा सवारीसाधन खरिद गर्दा पाइने छुटले मात्र होइन यसैलाई आधार मानेर विभिन्न कम्पनीहरूले नयाँ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने हुँदा यसको आकर्षण बढ्दै गएको छ । सस्तादेखि निकै महङ्गासम्मका कार तथा मोटरसाइकल अवलोकनर्ताले हेर्न तथा बुकिङ् गर्न सक्छन् । आयस्तर बढेसँगै नेपालीहरूको आकर्षणपनि महङ्गा सवारीमा बढ्दै गएको व्यवसायीहरू बताउँछन् । विश्वमै पनि केहि यस्ता महङ्गा कार छन् जसको मूल्य सुन्दैमा अचम्म लाग्न सक्छ । यी हुन् सन् २०१५ का विश्वकै महङ्गा कारहरू

कोइनिग्सएग सीसीएक्स आर ट्रेभिटा

स्विडेनी कार निर्माता ट्रेभिटाले निर्माण गरेको कोइनिग्सएग सीसीएक्सआर ट्रेभिटा सन् २०१५ को सबैभन्दा महङ्गो कार मानिएको छ । करिब ५० करोड ८० लाख रूपैयाँ(४८ लाख डलर) पर्ने यो कारको निर्माणमा हिराको प्रयोग गरिएको हुँदा यसको मुल्य पनि बढी पर्न गएको हो ।

 lamborghini_veneno_leaked_01_1-0304-1545x839

ल्याम्बोर्जिनी भेनेनो

इटालीयन कार निर्माता ल्याम्बोर्जिनीले स्थापनाको ५० औं बर्ष पार गरेको अवसरमा भेनेनोको विशेष निर्माण गरेको हो । निकै तीव्र गतिमा कुद्न सक्ने यो मोडलको ट्याङ्क क्षमता भने जममा ६.५ लिटर मात्र रहेको छ । यसको मूल्य ४७ करोड ७० लाख रूपैयाँ(४५ लाख डलर) रहेको छ ।

3 lykan-hypersport-1024x768

डब्लु मोटर्स लाइकान हाइपरस्पोर्ट

हलिउड चलचित्र फ्युरियस सेभेन मा समेत देखाइएको हाइपरस्पोर्टको लुकिङ् ग्लासमा ज्वेलरीको प्रयोग गरिएको छ । कम्पनीको मार्केटिङ् र जनसम्पर्कका लक्षित गरेर निर्माण गरिएको यसको मूल्य ३७ करोड रूपैयाँ( ३५ लाख डलर) निर्धारण गरिएको छ ।

bugatti-mansory-vivere-front-1500x1000-1500x1000

म्यान्सोरी भिभेर बुगाटी भेरोन

बुगाटी भेरोनलाई अहिलेपनि विश्वकै तेज गतिमा कुद्न सक्ने कारमध्य एक मानिन्छ । खासगरी कार रेसमा यसको प्रयोगलाई विश्वसनीय मानिन्छ । भेरोनको मूल्य ३६ करोड रूपैयाँ(३४ लाख डलर) पर्छ ।

 ferrari-f60-1280x852

 

फेरारी एफसिक्स्टी अमेरिका

इटालीयन कार निर्माता फेरारीले आफ्नो ६० औं स्थापनाको दिन पारेर एफसिक्स्टीका दशओटा मोडल सार्वजनिक गरेको थियो । ७५ किलोमिटर प्रतिघण्टा कुदाउँदा सामान्य अवस्थामा रहने कम्पनीको दाबी छ । यसमा प्रयोग गरिएको रङ्लाई राष्ट्रपे्रमसँग जोडेर चर्चा समेत गरिन्छ । यसको बजार मूल्य २६ करोड ५० लाख(२५ लाख डलरं) निर्धारण गरिएको छ । (एजेन्सीको सहयोगमा)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL